काठमाडौँ
पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बस्न शनिवार (भोली) बस्दैछ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्सिर २२ गते बसेको केन्द्रीय सचिवालयको बैठकले स्थायी समितिको बैठक बस्ने मिति तय गरेको थियो ।
पार्टीको सांगठनिक एकीकरण, सरकारको काम कारवाही, केन्द्रीय सदस्यको कार्य विभाजन लगायतका ‘एजेण्डा’मा छलफलका गर्न स्थायी समितिको बैठक बस्न लागेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
सचिवालयले गरेका संगठन तथा सरकार सम्बन्धी निर्णयलाई अनुमोदन गर्न पनि स्थायी समितिको बैठकमा प्रस्तुत गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखापत्रबाट





























प्रतिक्रिया