हिमपातका कारण सडक अवरुद्ध, हवाई सेवा प्रभावित

हिमपातका कारण सडक अवरुद्ध, हवाई सेवा प्रभावित

केन्द्रबिन्दु
42
Shares

मुगु । मुगुलगायत हिमाली जिल्लामा शुक्रबार विहानदेखि परेको हिउँ पानीका कारण जनजीवन प्रभावित भएको छ ।

नाग्म गमगढी सडकखण्ड अन्तरगत मुगुको छायाँनाथ रारा नगरपालिका ०७ स्थित सात मेडमा रहेको सडकखण्डमा अत्याधिक हिमपातको कारण बाटो अवरोध भएको छ ।

बाटो खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले आफ्नो आधिकारिक फेसबुक पेजबाट स्थानीय नागरिक र सरोकारवाला सबैलाई जानकारी गराएको छ ।

जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा बिमानस्थलमा दैनिक उडान गरिरहेका जहाजहरु पनि हिउँ पानीका कारण अवरुद्ध रहेको नेपाल नागरिक उड्डयन कार्यालय ताल्च मुगुले जनाएको छ ।

नाग्म गमगढी सडक बन्द हँ’दा यात्रु, दैनिक उपभोग्य सामान, निर्माण सामग्री बोकेका सवारी साधनहरु जुम्लाको बुलबुले, गोठिज्युला, नाग्म क्षेत्रमा थन्किएको मुगु उद्योग वाणिाज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताए ।

हिउँपातसहित पानी परेपछि स्थानीय कृषकहरू हिउँदे अन्नबाली र फलफूल राम्रो हुने भएको भन्दै खुशी भएका छन् । तर चिसो बढेकाले बालबालिका र बृद्धबृद्धालाई असर परेको छ ।

जिल्लाको माथिल्लो भुवाग मुगु, डोल्फु, माग्री, मह, पुलु, रोवा, सोभो, सोरुकोट, धैनकोट, खमाले, लमेरा, कोटिलालगायतका बस्तीहरुमा बाक्लो हिमपात भइरहेकाले गाईबस्तु चरिचराउ गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए

Skip This
Skip This
Logo