काठमाडौँ
निजगढ विमानस्थल निर्माणले वातावरणमा ठूलो क्षति पुग्ने भन्दै वातावरणकर्मीले यस कार्यलाई ‘ग्लोबल इस्युु बनाउन थालेका छन् । विमानस्थल निर्माण गर्दा २४ लाख रुख काटिन्छ र संरक्षित वन्यजन्तुको मुख्य बासस्थान नै खोसिन्छ । यसको लागि सरकारले विकल्प नरोजेको भन्दै उनीहरुले यसलाई विश्वव्यापि मुद्दा बनाउने बताएका हुन् ।
वातावरण संरक्षण विषयमा विश्वव्यापी आवाज उठाउँदै आएका सर डावीड अटेन्ब्रोउटले सुरु गरेको ‘ह्यासट्रयाक टेक योर सीट’ मा वातावरणकर्मी चन्दा राणाले निजगढ विमानस्थल निर्माणले वातावरणमा ठूलो क्षति पुर्याउने भन्दै विश्वव्यापी मुद्दा बनाएर दर्ता गरेकी बताइन् ।
वातावरण रहे मात्र मानिस रहने भन्दै वातावरण मासेर विमानस्थल बनाउनुको सट्टा अन्यत्र विकल्प खोज्नु पर्ने उनले माग गरिन् । निजगढ विमानस्थलबारे संसदीय उपसमिति गठन गरी काम सुरु गरेपछि त्यस विकल्पको विषयमा नबोल्ने भन्दै राणाले विश्वव्यापि मुद्दा बनाउने अभियान थालेको बताइन् ।
वातावरणीय प्रभाव मुल्याङ्कनले २४ लाख रुख काट्ने विषयमा स्पष्ट पारेको र सरकारले रुख काट्न २१ अर्व ५० करोड रुपैयाँ विनियोजन गरेकाले निजगढ विमानस्थल निर्माणले नेपाललाई मात्र नभएर विश्वलाई नै क्षति पुर्याउने उनको दावी छ । रुख काट्न विनियोजन गरेको रकमले सहायक सडक निर्माण गरी पर्यटन विकास गर्नुपर्ने र विमानस्थल अपरिहार्य भएकाले अन्यत्र विकल्प खोज्नु पर्ने सुझाव दिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया