प्रहरीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने कैदी पक्राउ

प्रहरीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने कैदी पक्राउ

केन्द्रबिन्दु
0
Shares

हुम्ला

सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ ।

प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे महताराले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आँखामा चाउचाउको धुलो खुर्सानी हाली भाग्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार विहिबार बिहान करिब ४ बजे शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासतमा लाने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान सुन्द्र सिंहको आँखामा खुर्सानी हालेर उनले भाग्न खोजेका थिए । प्रहरी जवान सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

हात हतियार खर–खजाना र कर्तव्य ज्यान मुद्दाका अभियोग लागेका उनलाई जिल्ला अदालत हुम्लाको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।
रासस

Skip This
Skip This
Logo