राष्ट्रपतिलाई १८ करोडको गाडी बुझाउने कार्यक्रमको फोटो खिच्दा पत्रकार पक्राउ

राष्ट्रपतिलाई १८ करोडको गाडी बुझाउने कार्यक्रमको फोटो खिच्दा पत्रकार पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि गएकी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाहलाई पक्राउ गरेको हो ।

प्रेस पास बोकेर तस्वीर खिचिरहेका बेला उनलाई प्रहरीले बिहीबार अपरान्ह ४ बजे नियन्त्रणमा लिएको हो । राष्ट्रपतिले महँगो गाडी खरिद गर्न लागेको विषयलाई लिएर विरोधस्वरुप गरिएको प्रतीकात्मक कार्यक्रमको फोटो खिच्न उनी त्यहाँ पुगेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी खरिद गर्नका लागि सर्वसाधारणसँग एकरएक रुपैयाँ उठाएर हस्तान्तरण गर्ने कार्यक्रम थियो । सोही कार्यक्रमको फोटो खिच्दै गर्दा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी पत्रकार शाहलाई रिहा गर्ने तयारी भईरहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाईंले जानकारी दिए । निषेधिक क्षेत्रमा कार्यक्रम गरेपछि नियन्त्रणमा लिईएको डिएसपी प्रसाईको भनाई छ ।

Skip This
Skip This
Logo