३८ क्वीन्टल सुन काण्डः विमल पोद्दार र आर के १०-१० लाख धरौटीमा रिहा

३८ क्वीन्टल सुन काण्डः विमल पोद्दार र आर के १०-१० लाख धरौटीमा रिहा

केन्द्रबिन्दु
0
Shares

मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुछिएका व्यवसायी विमल पोद्दार र राजेन्द्रकुमार शाक्य धरौटीमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशपछि पूर्पक्षका लागि थुनामा रहेका पोद्दार र शाक्यलाई बिहीबार उच्च अदालत विराटनगरले १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो । न्यायाधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको इजलासले १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

भारतीय नागरिक पोद्दारले सुन तस्करी प्रकरणका लागि हुण्डी मार्फत सहयोग गरेको खुलेपछि पक्राउ गरी मुद्दा दायर गरिएको थियो । गत असार ६ गते पक्राउ परेका पौद्दारलाई जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत भदौ १३ गते कारागार चलानको आदेश दिएको थियो ।

जिल्लाको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका पोद्दारले गत असोज १६ गते जिल्लाको आदेश बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

गत फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको सुन तस्करी प्रकरणमा उनीहरु मुछिएका थिए ।

Skip This
Skip This
Logo