‘फास्टट्रायकको डिपीआर माघको दोश्रो साता’- रक्षामन्त्री पोखरेल

‘फास्टट्रायकको डिपीआर माघको दोश्रो साता’- रक्षामन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री पोखरेल उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निजगढ द्रूतमार्ग निर्माणको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माघ दोस्रो साता तयार हुने बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले सो द्रूतमार्ग निर्माणको डिपिआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको पनि स्पष्ट पारे ।

बिहिबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै उनले एशीयाली विकास बैंकको फिजिबिलिटी स्टडी र नेपाल सरकारले स्वीकृत गरेको कार्यविधिको आधारमा सो द्रूतमार्ग निर्माणको काम सुरु गरिएको पनि बताए । डिपीआर तयार नभई सो द्रूतमार्ग निर्माण गरिएको भन्दै खोकना र बुङमतीका स्थानीयले विरोध गरिरहेका छन । तर उपप्रधानमन्त्री पोखरेलले कानुनसम्मत ढंगले सरकारले सो दू्रतमार्ग निर्माणको काम सुरु गरिएको दावी गरे ।

उनले सो द्र्र्रूतमार्ग निर्माण कार्य सुरु गर्न २०७४ साल बैशाख २१ गते बसेको मन्त्रीपरिषद बैठकले परामर्श दाता खरिद गर्न पनि नेपाली सेनालाई स्वकृति दिएको स्मरण गराए । सो द्रूतमार्ग निर्माणका लागि सरकारले वातावरणीय प्रभाव मूल्यांकन पनि स्विकृत गरि सकेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल बैशाख २१ गते सो दू्रतमार्ग बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोकनाका स्थानीयलाई कानुनसम्मत ढंगले जग्गाको मुआब्जा वितरण गरिएको दावी गर्दै अन्याय भए सम्बन्धित पक्षसँग छलफल गर्न सकिने पनि स्पष्ट पारेका थिए ।

Logo