अखिल नेपाल फुटवल संघ (एन्फा)ले दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारी अन्तर्गत महिला खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो ।
आगामी मार्च ११ गतेदेखि काठमाडौंमा दक्षिण एशीयाली खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । सोही प्रतियोगिताका लागि खेलाडीहरुलाई प्रशिक्षण दिने काम सुरु गरिएको प्रशिक्षक हरि खड्काले जानकारी दिए ।
बुधबारबाट सुरु भएको प्रशिक्षण अन्तर्गत महिला खेलाडीहरुले प्रशिक्षण खेल खेलीरहेका छन । प्रशिक्षक खड्काले सो प्रतियोगितामा विजयी बन्ने सम्भावना प्रवल भएकाले महिला खेलाडीहरुलाई प्रशिक्षणमा विशेष प्राथमिकता दिइएको पनि स्पष्ट पारे ।
घरेलु मैदानमा आयोजना हुने सो प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न एन्फाले खेल सुरु हुनु ३ महिना अघि देखिनै खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो ।





























प्रतिक्रिया