दैलेख । एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतमा बिरामी छोडेर कालीकोट फर्किदै गरेको जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुलेन्स दैलेखेको गुराँस गाउँपालिका-४ लाठेमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी कालीकोटको खाँडाचक्र नगरपालिका अन्दारी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
एम्बुलेन्सका चालक गणेश खड्का सामान्य घाइते भएका छन् । अस्पतालको एम्बुलेन्सका चालकमा लंक खड्का भएपनि बुवाको निधन भएकोले गणेशले बिरामी ल्याएर सुर्खेत आएका थिए ।





























प्रतिक्रिया