काठमाडौँ
संघीय संसद सचिवालयका कर्मचारीले बुधबारदेखि सिंहदरबारमा आन्दोलन सुरु गरेका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म असहयोगको कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् ।
संसद सचिवालयका आधिकारिक कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले संघीय संसद सचिवालय व्यवस्थापन समितिले कर्मचारीको मागप्रति वेवास्ता गरेकाले आन्दोलन सुरु गरेको दावी गर्नुभयो ।
उहाँले कर्मचारीको श्रम शोषण गरी अतिरिक्त श्रमको थप सुबिधा नदिइएकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । आधिकारिक कर्मचारी युनियन र नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आधिकारिक निर्णय गरेर बुधबार संसद सेवा दिवसको कार्यक्रम नै बहिष्कार गरेका थिए ।
निजामती सेवाबाट २०५८ सालमा संसद सेवा स्वायत्त भएको उपलक्ष्यमा केही वर्ष अघिबाट संसद् सेवा दिवस मनाइँदै आइएको छ । संघीय संसद सचिबालयका प्रवक्ता डा।रोजनाथ पाण्डेले कर्मचारीले सुबिधाको माग राखी आन्दोलन गरेको स्वीकार्नुभयो ।
युनियन (संघ)का अध्यक्ष गोबिन्दप्रसाद बेल्बासे जैसीले अतिरिक्त समय काम गरेबापत थप सुबिधा माग्नु गलत नभएकाले चरणबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया