वीरगन्ज
विनाशकारी भूकम्प गएको साढे तीन वर्ष भइसक्यो । तर भूकम्पमा क्षतिग्रस्त सामुदायिक विद्यालयका लागि सरकारले भारतबाट झिकाएका करोडौं मूल्यका जस्तापाता बीच बाटोमै अलपत्र छन् ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राजधानी लगायत पहाडी क्षेत्रका धेरै विद्यालयले उता पुनर्निमाण पर्खिरहेका छन् । यता वीरगञ्जमा रोकिएका जस्तापातामा खिया लागिसकेको छ । सरकारको निर्देशनमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले भारतको कोलकातास्थित जिन्दल कम्पनीबाट २६ करोड ६ लाख रुपैयाँ मूल्यको ३० लाख २२ हजार ६ सय ६२ केजी जस्तापाता साढे तीन वर्ष अघि आयात गरेको थियो ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार २०७२ साउन ६ देखि २१ सम्म कर्पोरेसनले भारतबाट वीरगन्ज नाका हुँदै ५० हजार बन्डलमा रहेको ३० लाखभन्दा बढी केजी जस्ता आयात गरेको थियो । वीरगन्जको नेपाल खाद्य सस्ंथान क्षेत्रीय कार्यालयको खुल्ला चौरमै साढे तीन वर्षदेखि थुपारिएका छन् ।
खुल्ला चौरमा जस्ता खिया लागेर सड्दै गए पनि सम्बन्धित निकायले यसमा चासो लिएको छैन । चौरमा जस्ता ढाक्न प्रयोग गरिएको त्रिपाल पनि घामपानीका कारण सडेर ठाउँठाउँमा च्यातिएको छ । वर्षाको पानी जस्तापाताका बन्डलहरूमा पसेकाले खिया लागेर जस्तापाता बिग्रिँदै गएको खाद्य संस्थान वीरगन्जका प्रमुख अम्बिका घिमिरेले बताए । ‘करिब साढे तीन वर्षदेखि जस्ता यहाँ अलपत्र छ, छोपेर राखिएको त्रिपाल घामपानीले सडेर च्यातिएको छ । वर्षाको पानी बण्डलभित्र पस्छ’, उनले भने, ‘बन्डल खोलेर हेर्ने हो भने आधाभन्दा बढी जस्ता खिया लागेर कामै नलाग्ने अवस्थामा भेटिन्छ ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया