‘गोदामचौर ग्याङ् रेप’ काण्डका रुपमा चर्चित काण्डका अभियुक्तहरु फेरि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको गोदावरी–१ गोदामचौरका विशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरेको हो ।
२०७४ मङ्सिर २ गते माइतीबाट फर्किरहेका बेला एक महिलामाथि सामूहिक बलात्कार र कुटपिट भएको थियो। उनी घटनाको भोलिपल्ट स्थानीय तोरीबारीमा अचेत अवस्थामा फेला परेकी थिइन् । ति महिलाले रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि पक्राउ गरि अदालतमा पेश गरिएको थियो। तर त्यसबखत ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेको थियो । ज्यान मार्ने उद्योग र सामूहिक बलात्कारको मुद्दामा साधारण तारेखमा छोड्न नमिल्ने कानूनी व्यवस्था रहेकाले सरकारी वकिल कार्यालयले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो ।
उच्च अदालत ललितपुरले २५ माघ २०७५ मा तीनैजनालाई अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो । तर रिहा लगतै उनीहरु फरार थिए। अभियुक्त २ जना पक्राउ परे पनि आरोपित रघु सिलवाल भने अझै फरार छन् ।





























प्रतिक्रिया