‘गोपी’को पोष्टरमा विपिन, वर्षा र सुरक्षा मख्ख

‘गोपी’को पोष्टरमा विपिन, वर्षा र सुरक्षा मख्ख

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘गोपी’ को पोष्टर सार्वजनिक गरिएको छ । उक्त पोष्टरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त अटाएका छन् ।

दिपेन्द्र लामा निर्देशित चलचित्रमा आरेही केसीको लगानी रहेको छ । साथै यस चलचित्रका मुख्य कलाकार विपिन कार्की गाइपालन गर्ने कुषकको भूमिकामा देखिएका छन् । प्रकाश घिमिरे, रमेश अधिकारी, अकिंत खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र सामिप्यराज तिमिल्सिनाको लेखन रहेको छ । टौवा क्रियशनले उक्त पोष्टर डिजाइन गरेको छ । गोपी माघ १८ गतेबाट देशभर प्रर्दशन हुदैँछ ।

Logo