ईपीएल: विराटनगरको ९२ रनको चुनौती पछ्याउदै भैरहवा

ईपीएल: विराटनगरको ९२ रनको चुनौती पछ्याउदै भैरहवा

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगरले भैरहवालाई  ९२ रनको चुनौती दिएको छ।

ब्याटिङको निम्तो पाएको भैरहवाले १८ ओभर चार बलमा मात्र ९१ रनमा अलआउट भयो ।  विराटनगरले २० रनमै चार विकेट खेर फालेको थियो । कप्तान पारस खड्का एक रनमा आउट भए भने अनिल शाह पनि चार रनमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका बाबर हायात पनि ६ रनमा आउट हुदा आसिफ शेखले खाता खोल्न सकेनन् । एकपछि अर्को विकेट गुमाएको विराटनगरका कुनैपनि खेलाडी विच गतिलो साझेदारी हुन सकेन ।

रे भान देर मेर्वीले सर्वाधिक २५ रन बनाए । सुनित महर्जनले १५ रन बनाउदा करण केसीले १८ तथा हरी चौहानले १३ रनको योगदान गरे ।

खेलमा भैरहवाका मोहम्मद नाभिदले चार तथा अविशान बोहरा र कृष्ण कार्कीले दुई दुई विकेट लिए ।

Skip This
Skip This
Logo