काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दैछ । जारी लिगमा दुबै टिम अपराजित छन् ।
यसअघि भएको खेलमा विराटनगरले ललितपुर प्याट्रियटसलाई तीन विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा विराटनगरले पराजित गरेको थियो ।
भैरहवाले भने पोखरालाई पहिलो खेलमा चार विकेटले र दोस्रो खेलमा चितवनलाई १२ रनले पराजित गरेको थियो ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा लिगको शीर्ष स्थानमा रहेको ललितपुरले काठमाडौं किंग्स इलाभेनसँग प्रतिस्पर्धा गर्न लागेको छ । दुवै टिम जितको खोजिमा छन् ।
ललितपुर पहिलो खेलमा नै विराटनगरसँग तीन विकेटले हारेको थियो । बाँकी दुई खेलमा जित हात पारेको छ । काठमाडौंको भने यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा काठमाडौंले चितवनलाई ६ विकेटले पराजित गरेको थियो ।





























प्रतिक्रिया