जोशी हाइड्रोपावरको आईपिओ आज बाँडफाँड हुँदै, ७१ हजार जनालाई २० कित्ता

जोशी हाइड्रोपावरको आईपिओ आज बाँडफाँड हुँदै, ७१ हजार जनालाई २० कित्ता

केन्द्रबिन्दु
0
Shares

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपिओ मंगलबार बिहान बाँडफाँड हुने भएको छ  । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले मंगलबार बिहान साढे १० बजे आईपिओ बाँडफांड गर्न लागिएको जानकारी दिएको हो । कम्पनीले मंसिर १६ गतेदेखि आईपिओ निष्काशन गरेको थियो ।

कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ ।

आईपिओमा ८३ हजार ७७० जना आवेदकले ५९ लाख १७ हजार ५२० कित्ताको लागि आवेदन दिएको अन्तिम तथ्यांक रहेको छ ।  यस हिसाबमा सबै आवेदकले आईपिओ पाउने निश्चित भएको छ । कुल ८३ हजार ७७० जना आवेदकलाई पहिलो चरणमा १० कित्ताका दरले ८ लाख ३७ हजार ७७० कित्ता बाँडफाँट हुने छ । त्यस्तै बाँकि रहेको ७ लाख १७ हजार ४६३ कित्ता गोलाप्रथाबाट बाँडफांड हुने छ । यस हिसाबमा ७१ हजार ७४६ जनाले थप १० कित्ता पाउने छन्  । अर्थात्  ७१ हजार ७४६ जनाले कुल २० कित्ता शेयर पाउने प्रारम्भिक आंकलन गरिएको छ  ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

Skip This
Skip This
Logo