ब्याटलको नाममा लोकगीतमाथि फेरि अर्को प्रहार (भिडियो)

ब्याटलको नाममा लोकगीतमाथि फेरि अर्को प्रहार (भिडियो)

केन्द्रबिन्दु
0
Shares

लोक गीतलाई फरक तरिकाले प्रस्तुत गर्ने बहानामा गीत बिगार्ने र लोक गीतको मर्म माथि ठाडै प्रहार गर्ने चलन बढ्दै गईरहेको छ । यसै क्रममा गायक नकुल ढकाल र प्रिती आलेको प्रस्तुतिमा फेरि ‘उखान ब्याटल’ को नाममा दोहोरि गीतको मर्ममाथि प्रहार गर्ने काम भएको छ ।

दोहोरीमा ब्याटलको सुरुवात गायक प्रकाश सपुत र प्रिती आलेले गरेका थिए। त्यो गीतको सर्वाधिक आलोचना भएपछि गायक सपुतले उक्त गीतबाट केही दृश्य हटाउनु परेको थियो साथै उनले सार्वजनिक रुपमा आफूबाट गल्ति हुन गएको स्वीकार समेत गरेका थिए।

त्यही शैलीमा गायिका प्रिती आलेलाई गाउन लगाएर आएको अर्को ब्याटलको तौर तरिका ठ्याक्कै पुरानो गीत कै कपि गरेको देखिन्छ।  अपलोड गरेको पाच दिनमा युट्युबमा झन्डै एकलाख भ्यु भैसकेको यो गीतले सामाजिक संजालमा मिश्रीत प्रतिक्रिया पाएको छ ।

Skip This
Skip This
Logo