सारा अलि खान र सुशान्त सिंह राजपुत स्टार फिल्म ‘केदारनाथ’ ले भारतीय बक्स अफिसमा राम्रो कमाई गरेको छ । ३५ करोडको लागतमा बनेको उक्त फिल्मले रिलिज भएको पहिलो दिनमा नै ७.२५ करोडको कमाई गरेको थियो ।
दोस्रो दिनमा केदारनाथले करिब ९.२५ करोडको ग्रस कलेक्शन गरेको छ । सैफअलि खानको छोरी सारा अलि खानले यो फिल्मबाट डेब्यू गरेकी छन् । यो फिल्म २०१३ मा केदारनाथमा आएको प्राकृतिक संकटमा आधारित भएर निर्माण गरिएको हो ।
केदारनाथमा हिन्दू केटी र मुश्लिम केटा बीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ । यस फिल्मबाट साराको अभिनयको निकै प्रशंसा गरिएको छ । साथै फिल्म हेर्ने दर्शकहरुले सुशान्त र साराको जोडीलाई निकै रुचाएका छन् ।
यस फिल्मलाई करिब २ हजार स्क्रिनमा एकसाथ रिलिज गरिएको छ । केदारनाथले सिंगल स्क्रिनको तुलनामा मल्टिप्लेक्समा राम्रो कलेक्शन गरेको छ । आइतबार फिल्मको बक्स अफिस कलेक्सन अझै बढ्ने अनुमान गरिएको छ ।





























प्रतिक्रिया