ईपीएल: आज ४ टिमको भिडन्त, कसको प्रतिस्पर्धी को ?

ईपीएल: आज ४ टिमको भिडन्त, कसको प्रतिस्पर्धी को ?

केन्द्रबिन्दु
0
Shares

राजधानीमा शनिबारदेखि जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल अन्तर्गत आज ४ वटा टिमले प्रतिस्पर्धा गर्दैछ  ।

त्रिवि क्रिकेट मैदानमा आज विहान ९ बजे हुने पहिलो खेलमा चितवन टाइगर्स र ललितपुर भिड्ने छन् । ललितपुरको यो दोस्रो खेल हो। उद्घाटन खेलमा विराटनगरसँग ललितपुर ३ विकेटले पराजित भएको थियो ।

चितवनको भने यो पहिलो खेल हो । चितवन पृथु बास्कोटाको कप्तानीमा रहेको छ भने ललितपुर कप्तानी ज्ञानेन्द्र मल्ल कप्तानीमा छ  ।
त्यस्तै आजै दिँउसो १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज पनि भिड्दै छन् ।विराटनगरको यो दोश्रो खेल हो।  यस अघि उसले  ललितपुरमाथि ३ विकेटले जित हात पारेको थियो।

विराटनगर नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा छ भने पोखरालाई विदेशी कप्तान केइल कोट्जरको कप्तानीमा  छ ।

Logo