‘हिमालयन ओनर्स राइड’ सम्पन्न, २५ बढी मोटरसाइकल सहभागी

‘हिमालयन ओनर्स राइड’ सम्पन्न, २५ बढी मोटरसाइकल सहभागी

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । रोयल इन्फिल्ड हिमालयनमा सवार राइडरले नगरकोटसम्म यात्रा गरेका छन् । कोटेश्वरबाट नगरकोटस्थित क्लव हिमालयसम्म उनीहरुले राइड गरेका हुन् ।

कार्यक्रम रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकाकिर वितरक अल्फा अटोमोटिभ्स प्रालिले अयोजना गरेको हो । कम्पनीका ब्रान्ड हेड दिपेश श्रेष्ठको नेतृत्वमा आयोजित उक्त राइडमा हिमालयन ४५०, हिमालयन ४११ र स्क्र्याम ४११ गरी २५ बढी मोटरसाइकल सहभागी भएका थिए ।

रोयल इन्फिल्डको एड्भेन्चर मोटरसाइकल हिमालयन खरिद गरेका नयाँ तथा पुराना राइडरलाई सहभागी गराएर कम्पनीले नगरकोटसम्मको ब्रेकफास्ट राइड सम्पन्न गरेको हो । यस राइडले हिमालयन मोटरसाइकल राइडरमाझ भाइचाराको सम्वन्ध स्थापित गर्न मद्धत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

एड्भेन्चर मोटरसाइकलमा निकै लोकप्रिय बनेको नयाँ हिमालयन ४५० नेपाल भित्रिएको छोटो समयमै २०० भन्दा बढी यूनिट बिक्री भैसकेको छ । यस मोटरसाइकलको मूल्य १० लाख ३९ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

अफरोड यात्राका लागि उपयोगी हुनेगरी डिजाइन गरिएको यस मोटरसाइकलमा विभिन्न प्रकारका प्रिमियम फिचरहरु पाउन सकिन्छ

Logo