‘निर्मलाका निम्ति न्याय’ अभियानले आज पनि दबाबमूलक प्रदर्शन गरेका छन् । अभियानले शनिबार काठमाडौंको माइतीघर मण्डलामा सांकेतिक बिरोध सहित दबाबमूलक कार्यक्रम आयोजना गरिएको हो ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको ४ महिना बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै अभियान्ताहरूले स्वत:स्फूर्त रूपमा दबाबमूलक कार्यक्रमहरू आयोजना गरेका हुन्।
सहभागीहरूले थरी थरी नेता, थरी थरी ताल, गोर्खालीको देशमा न्यायको अनिकाल, प्रहरी : प्रमाण जुटाउनको लागि कि मेटाउन ?, ‘म निर्मला मलाई न्याय चाहियो’ लगायतका नारा बोकेको ब्यानर र प्ले कार्ड बोकेका थिए।
कार्यक्रममा सडक नाटक पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा ३ जना व्यक्तिले प्रधानमन्त्री, गृहमन्त्री र अपराधी बनेर सांकेतिक बिरोध जनाएका थिए। प्रधानमन्त्री र गृहमन्त्री बन्ने व्यक्तिहरुको आँखामा कालो पट्टी लगाइएको छ भने अपराधीले उनीहरुको घांटीमा डोरी झुन्ड्याएर दोहोर्याएका छन्।





























प्रतिक्रिया