राजधानी काठमाडौँको ढल्कुमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महानगरपालिका–१७ धोबीचौरका ३० वर्षीय अनिल गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल ठमेलमा उपचारका क्रममा ११ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
डल्लुबाट सोह्रखुट्टेतर्फ जाँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्कर दिने टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया