काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। काठमाडौंमा राजावादी गतिविधि बढ्न थालेपछि सरकारले निषेधाज्ञा जारी गरेको हो ।
फागुन २५ गतेदेखि लागू हुने गरी जिप्रकाले काठमाडौं प्रशासनले सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको छ । अब ति स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न पाइने छैन ।































प्रतिक्रिया