१४ सय भन्दा बढी बिक्यो टाटा एक्सप्रेस-टी ईभी, ट्याक्सी चालकको पनि रोजाइमा पर्दै

१४ सय भन्दा बढी बिक्यो टाटा एक्सप्रेस-टी ईभी, ट्याक्सी चालकको पनि रोजाइमा पर्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली अटो मार्केट ईभीमय बनिराख्दा ट्याक्सी चालकहरुबीच पनि ईभीका सवारी रोजाइमा पर्न थालेका छन् । ईभी गाडीको प्रयोग र भविष्य सकारात्मक देखिदा पछिल्लो समय आईसीईभन्दा ईभी ट्याक्सी चालकको रोजाइमा पर्न थालेका हुन् ।

अहिले अधिकांश ट्याक्सी चालकले टाटाको एक्सप्रेस–टी ईभी प्रयोग गर्दै आएका छन् । काठमाडौं उपत्यका लगायतका देशका प्रमुख सहरका सडकमा उक्त ईभी बाक्लो संख्यामा देख्न पाइन्छ । विशेष गरी उपत्यकभित्र यी ईभीको प्रयोग र उपस्थिति उल्लेखिय भइरहेको टाटा मोटर्सको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठका अनुसार नेपालमा टाटाका ईभी ट्याक्सी १४ सय भन्दा बढी बिक्री भइसकेका छन् । यात्रुको आरामदायी यात्रा र चालकको सारथि बनेको एक्सप्रेस–टी ईभीको उचित मूल्यका साथै लक्जरी कार सो–सरह फिचर हुँदा ट्याक्सी चालकबीच यो सवारी लोकप्रिय बन्दै गएको हो ।

‘बजारमा आएदेखि नै यसको माग राम्रो छ, धेरैको गरिखाने साधन भएकाले सोही अनुसारको पूर्वाधार र गुणस्तरीय सर्भिसलाई ध्यान दिएका छौं,’ उनले भने । उक्त सवारी बिक्रीपछि सिप्रदीले ३ वर्षसम्म सर्भिस दिने प्रतिबद्धता दिँदै आएको छ । जसका कारण ईभी ट्याक्सी किन्नेहरुबीच विश्वासको वातावरण तय हुँदा भोलिका दिनमा एक्सप्रेस–टी ईभी उपस्थिति अझै बढ्ने बताइन्छ ।

सिप्रदीले बालकुमारी र बालाजुमा सुविधा सम्पन्न ईभी ट्याक्सीको सर्भिस सेन्टर बनाइसकेको छ, जसबाट नितान्त ईभीका ट्याक्सीलाई मात्र सर्भिस दिने सीईओ श्रेष्ठले बताए । ‘चालकहरूको यो गाडी गरिखाने माध्यम हो, त्यसैले समयमै सर्भिस हुनुपर्छ भन्ने उद्देश्य राखी सोही सर्भिसिङ सेवा उपलब्ध गराइरहेका छौं,’ उनले भने ।

यसैगरी चालकको सहजताको लागि उपत्यकाभित्र चार्जिङ निर्माणमा पनि फोकस रहेको श्रेष्ठको भनाई छ । सिप्रदीले उपत्यकाका विभिन्न स्थानमा ७ वटा चार्जिङ स्टेशनको निर्माण गरिसकेको छ । आगामी दिनमा चार्जिङ स्टेशनको संख्यालाई बढाउँदै लग्ने योजना कम्पनीको छ ।

यस्तै, सरकारले चार्जिङ संरचनाको विकास, नीति सुधार र उपयुक्त प्रोत्साहन योजनाहरूलाई ध्यानमा राख्दै यसको प्रयोगको विस्तार गर्न आवश्यक रहेको श्रेष्ठले बताए ।

एक्सप्रेस–टी ईभीका के छन् विशेषता ?

चालक र प्यासेन्जरको लागि निकै उपयुक्त ट्याक्सी हो, एक्सप्रेस टी ईभी । यात्रा गर्दा लक्जरी कारको झल्को दिने भएका कारण चालककाा साथै प्यासेन्जर चढ्न पनि रुचाउँदै आएका छन् । इन्धन हाल्न नपर्ने, छोटो समयको चार्जले लामो यात्रा गर्न सकिने भएकाले नयाँ ट्याक्सी किन्ने योजना बनाएकाहरूले यो ट्याक्सी किनिरहेको देखिन्छ ।

आईसीईको तुलनामा यसबाट आम्दानी निकै गर्न सफल र बचत पनि भएको एक्सप्रेस–टी ईभीका चालकहरू बताउँदै आएका छन् । सिप्रदीले आफैंले सफलताको साँचोको रूपमा हेरेको यस ईभी धेरैको आम्दानीको उत्कृष्ट सवारीको रूपमा परिणत भइसकेको छ ।

मल्टि–ड्राइभ मोडहरू भएको एक्सप्रेस टी ईभीको मूल्य सिप्रदीले ३६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो ईभी ४० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने सिप्रदीले जानकारी दिएको छ । २५ किलोवाट क्षमताको डीसी फास्ट चार्जरबाट ६५ मिनेटभित्रै ८० प्रतिशत भन्दा बढी चार्ज गर्न मिल्ने एक्सप्रेस–टी ईभीमा ४८ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान छ ।

एकपटकको फुल चार्जले २६० किलोमिटर प्लसको रेन्ज दिने यो ईभीले १ सय ७० एनएम टर्क पावर उत्पादन गर्छ । ५ सिट क्षमता भएको एक्सप्रेस–टी ट्याक्सीमा टर्निङ रेडियस ५.१ मिटर र बुट स्पेस ३ सय १६ लिटर छ । यसैगरी २ हजार ४ सय ५० एमएमको ह्विलबेस रहेको यस ईभीमा १ सय ७२ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

Logo