राष्ट्रिय गौरवका सडकहरु निर्माणको विषयमा सांसदहरु वीच छलफल

राष्ट्रिय गौरवका सडकहरु निर्माणको विषयमा सांसदहरु वीच छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको विहिबार बसेको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ । बैठकमा भौतिक पूर्वाधर तथा यातायातमन्त्री रघुवीर महासेठले सबै स्थानीय तहलाई सडक सञ्जालसँग जोडिने योजनाअनुसार सरकारले आगामी चार वर्षभित्र छ हजारदेखि आठ हजार किमी सडक निर्माण गर्ने कार्यमा लागेको बताउनुभयो ।

सडक निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित क्षेत्रमा नै छलफल, अनुगमन र काम छिटो गर्ने विषयमा कुरा भइरहेको पनि उहाँले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका सात वटा राष्ट्रिय गौरवका आयोजना निर्माण प्रगतिबारे सम्बन्धीत आयोजना प्रमुखले बैठकमा जानकारी गराएका थिए ।

बैठकमा निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण सडक आयोजना, काठमाडौँ केरुङ, काठमाडौँ पोखरा, पोखरा लुम्बिनी रेलमार्ग निर्माणमा भइरहेको कार्य प्रगतिबारे जानकारी दिइएको थियो ।
रासस

Logo