नुवाकोट । बालिका बलात्कार गरेको आरोपमा नेविसंघका क्याम्पस ईकाई पूर्व अध्यक्ष र उपाध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
प्रहरीले नुवाकोट आदर्श बहुमुखी नेविसंघका पूर्वइकाई अध्यक्ष विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ, नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघका इकाइ उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रवीन थापा लगायत चार जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले श्रेष्ठ, थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका-१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका विकास प्याकुरेललाई कात्र्तिकको अन्तिम साता पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दायर गरिएको नुवाकोट प्रहरी प्रमुख एसपी बसन्तवहादुर कुँवरले जानकारी दिए । उनीहरलाई युवालाई लामो अनुसन्धानपछि बालिका बलात्कारको अभियोगमा अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरेको हो।
मुद्धा दर्तासँगै अदालतमा छुनछेकको बहस सुरू भएको छ। मुद्दा दर्ता गरिएका चारैजनालाई मानव बेचबिखन तथा ओसारपसार अभियोगको समेत मुद्धा लगाइएको एसपी कुँवरले जानकारी दिए ।
कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा राति बट्टारस्थित एक होटलमा राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको एसपी कुँवरको भनाई छ ।
गत कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका लिखु गाउँपालिकाका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई बन्धक बनाएको अवस्थामा प्रहरीले तीन दिनपछि सुर्खेतबाट उद्धार गरेको थियो।































प्रतिक्रिया