काठमाडौंको तापक्रम यो वर्षकै सबैभन्दा न्यून

काठमाडौंको तापक्रम यो वर्षकै सबैभन्दा न्यून

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा आज (बिहिबार) बिहान अत्याधिक चिसो महशुस भएको छ । बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेकाले चिसो बढेको हो।  यो तापक्रम यस वर्षकै सबै भन्दा कम जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत मङ्सिर २ गते ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता बढेको थियो । बुधबार फेरि ६ डिग्री मापन गरिएको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्रीमा झरेको हो ।

जुम्लाको तापक्रम हिजो माइनस ४ डिग्री मापन गरिएको छ । विहीबार पहाडी भूभागको मौसममा बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपात हुन सक्ने जनाएको छ ।

Skip This
Skip This
Logo