काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले अटोमोबाइल्स क्षेत्रलाई विलासिताको रूपमा हेर्दा पिछडिएको बताएको छन् ।
सोमबार आयोजित ‘अटोमोटिभ कनक्लेभ २०८१’ मा बोल्दै चौधरीले विलासिताको दृष्टिकोणलाई बदलेर आवश्यकताको नजरबाट हेर्नुपर्ने बताएका हुन् । ‘यो क्षेत्रलाई विलासिताको क्षेत्र भनेर छुट्याएर राखिएको छ । र, पिछडिएको सेग्मेन्ट बनाइदिएको छ । त्यसलाई सरकारले खुल्ला हातले स्वागत गरोस्,’ उनले भने ।
अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउँदै आएको बताउँदै चौधरीले विगतको ३/४ वर्ष यता यो क्षेत्र बिस्तारै बिलाउँदै गएको आभास भएको बताए । ‘अटोमोबाइल्स क्षेत्र विद्युतीयकरण हुँदै गएको छ, ईभी र आईसीई गाडी अटोमोबाइलको एउटा भाग भएकाले यस भित्र तीसँगै थुप्रै विषय समेटिएको छ,’ उनले भने ।
सरकारले ल्याएका जति पनि अध्यादेश छन् ती साहसीपूर्ण काम रहेको अध्यक्ष चौधरीले बताए । अहिलेको अवस्थामा देशको लागि अध्यादेश जस्तो महत्वपूर्ण विषय केही हुन नसक्ने उनको तर्क छ ।
नेपाल अर्थतन्त्र आयातमुखी मात्र नभई उद्योगमुखी हुँदै गएको अध्यक्ष चौधरीले उल्लेख गरे । ‘अहिले अटो लगायत देशमा अन्य उद्योगहरू लागि रहेका छन्, यो दरलाई वृद्धि गर्नको लागि सरकारले पनि सहजीकरण गर्नुपर्ने छ, उद्योग फस्टाउने वातावरणको सिर्जना गर्नुपर्छ,’ उनले भने । दिगो नीति भएको खण्डमा मात्र व्यवसायीले नयाँ व्यवसायको प्लान बनाउन सक्षम हुने चौधरीले जानकारी दिए ।































प्रतिक्रिया