काठमाडौं । कियाले आफ्नो लोकप्रिय एमपिभी क्यारेन्सको फेसलिफ्ट भर्सन ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । आगामी अप्रिलमा लन्च हुने क्यारेन्स फेसलिफ्टलाई कम्पनीले लगत्तै ईभी भर्सनमा समेत उतार्ने योजना बनाएको हो ।
किया मोटर्स इन्डियाका अनुसार क्यारेन्स ईभी आगामी जुन महिनामा लन्च हुनेछ । सो नयाँ ईभीमा हालै लन्च भएको हुन्डाई क्रेटा ईभीको पावरट्रेन र ब्याट्री प्याक प्रयोग हुने जनाइएको छ । जसअनुसार, क्यारेन्स ईभीमा पनि क्रेटा ईभीमा जस्तै ४२ र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुनेछ ।
उक्त ब्याट्री प्याकले ३९० र ४७३ किलोमिटर रेन्ज दिने दाबी गरिएपनि क्रेटाको तुलनामा धेरै नै हेभी डिजाइनमा आउन लागेको क्यारेन्स ईभीको रेन्ज भने केही कम हुने अनुमान गर्न सकिन्छ ।
क्यारेन्स ईभीको लुक्स तथा डिजाइन र इन्टेरियर भने यसको फेसलिफ्ट भर्सनबाटै लिइने भएपनि केही ईभी विशेष फिचरहरु थप हुने संभावना छ । सो नयाँ ईभी एमपिभीको मूल्य भारतिय बजारमा १८ लाख भारुदेखी सुरु हुने अनुमान गरिएको छ ।





























प्रतिक्रिया