भ्रष्टाचारीको अनुहार नहेर्ने प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह, ‘ट्रान्सपरेन्सीको प्रतिवेदन पनि पढ्नु होला’

भ्रष्टाचारीको अनुहार नहेर्ने प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह, ‘ट्रान्सपरेन्सीको प्रतिवेदन पनि पढ्नु होला’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले भ्रष्टाचार व्यापक बढेको र त्यसमा प्रधानमन्त्रीकै संरक्षण रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । पछिल्लो एकवर्षमा एसियाली मुलुकमा नेपालको स्थिति भ्रष्टाचारमा सबै भन्दा अगाडि देखिनु दुःखद र लज्जास्पद भएको कांग्रेसको ठहर छ।

‘भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेको स्थिति देशकै लागि लज्जास्पदसमेत छ’, कांग्रेस प्रवक्ता शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको छ।’

प्रवक्ता शर्माले एकातर्फ भ्रष्टाचार गर्दिन भन्ने र अर्कोतर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन् ।

‘एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई पुष्टि गर्न तर्फ लाग्ने अनि भ्रष्टाचार विरुद्ध उठेका आवाजलाई पुर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिन्छ’, शर्माले विज्ञप्तिमा भनेका छन्।

ओली नेतृत्वको सरकार बनेपछि वाइडबडी, बालुवाटार, यतिदेखि सेक्युरिटी प्रीन्टिङ प्रेस हुँदै स्वास्थ्य सामग्री खरिदसम्ममा भएको भ्रष्टाचार प्रकरण उपर निष्पक्ष छानबिन र कडा कार्वाहीका लागि कांग्रेसले माग गरेको छ।

‘स्वदेशी लगानीमा निर्माण गर्न सकिने, अध्ययन कार्यदलको निष्कर्षका आधारमा अघिल्लो सरकारले निश्चित गरेको बुढीगण्डकी जलविद्युत परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पन वर्तमान सरकारले मिलाएको तारतम्यका पछिल्तिरको अपारदर्शीता र अनियमितता अब गम्भीर छानबिनको दायरामा ल्याइनुपर्ने टड्कारो आवश्यकता देखिएको छ’, विज्ञप्तिमा थप भनिएको छ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo