१८१ किलोमिटरको रेन्ज भएको नयाँ इलेक्ट्रिक स्कुटर लन्च, यस्ता छन् फिचर

१८१ किलोमिटरको रेन्ज भएको नयाँ इलेक्ट्रिक स्कुटर लन्च, यस्ता छन् फिचर

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । भारतीय बजारमा एस नामको नयाँ इलेक्ट्रिक स्कुटर लन्च भएको छ । सिम्पल वानले भर्खरै लन्च गरको सो स्कुटर फुल चार्जमा १८१ किलोमिटरको हुने बताइएको छ । सिम्पल वानले आफ्नो सेगमेन्टमा उच्चतम रेन्ज सहित आउने दाबी गरेको छ ।

कम्पनीले स्कुटरमा धेरै उत्कृष्ट सुविधा प्रदान गरेको छ । यसमा ३५ लिटर अन्डरसिट स्टोरेज, ७७० एमएम सिट हाइट, ब्लुटुथ कनेक्टिभिटी, ५जी ई-सिम, वाइफाई, ७ इन्चको टचस्क्रिन ड्यासबोर्ड, टर्न बाई टर्न नेभिगेसन, ओटीए अपडेट, फाइन्ड माई भेइकल, टीपीएमएस, रिजेनेरेटिभ र पार्क असिस्ट जस्ता फिचर समावेश छ ।

सो स्कुटरमा ३.७ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । यसलाई एक पटक चार्ज गरेपछि १८१ किलोमिटरसम्म चलाउन सकिन्छ । यसका साथै स्कुटरमा इको, राइड, ड्यास र सोनिक मोड प्रदान गरिएको छ । स्कुटरमा ८.५ किलोवाटको मोटर जडान गरिएको छ जसले स्कुटरलाई ०-४० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन २.५५ सेकेन्ड लिन्छ। यसको अधिकतम गति प्रति घण्टा १०५ किलोमिटरसम्म छ।

सिम्पल वान एस इलेक्ट्रिक स्कुटर १ लाख ३९ हजार भारु एक्स-शोरूम मूल्यमा लन्च गरिएको छ । सो स्कुटरले बजारमा ओला, एथर, टीभीएस, बजाज जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ।

Skip This
Skip This
Logo