परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा‍. पाण्डे नियुक्त

परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा‍. पाण्डे नियुक्त

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् ।

स्वास्थ्य तथा जनसङ्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई नियुक्त गरेका हुन् ।

डा पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरिसकेकी छन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गरेकी छन् ।

यसअघि भरतपुर अस्पतालको रजिष्ट्रार भइसकेकी डा पाण्डेले प्रसूति तथा स्त्रीरोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेकी छन् ।

Logo