दाङ
अवैध रुपमा गोरु सीमापारी ओसारपसार गरिरहेका युवा र स्थानीयबीच झडपसँगै सातवटा मोटरसाइकलमा आगजनी पनि भएको छ ।
आइतबार राती दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरमा स्थानीय र गोरु ओसारपसार गर्ने युवाहरुबीच झडपपछि युवाहरुले प्रयोग गरेका सातवटा मोटरसाइकलनमा आगजनी भएको हो ।
राजपुर गाउपालिका–३ को बसन्तापुर हुँदै गोरु लिएर भैसाही नाका तर्फ जाँदै गरेका युवालाई स्थानीयले सोधपुछ गरी केरकार गरेपछि झडपको रुप लिएको हो । गोरु लिएर सीमातिर जाँदै गरेका युवालाई स्थानीयले सोधपुछ गर्दा शंकास्पद देखिएको भन्दै स्थानीयहरुले गोरु रोकेका थिए । र उनीहरुले गोरु लैजान नदिने भनेपछि झगडा सुरु भएको बताइएको छ ।
झगडाकै बीच २०÷२५ जनाको समुहमा थप युवाहरु आएको बताइएको छ । स्थानीयले युवाहरुलाई नियन्त्रण लिन खोज्दा युवाहरु मोटरसाइकल छोडेर भागेपछि आक्रोसित स्थानीयहरुले मोटरसाइकलमा आगजनी गरेको प्रहरीले बताएको छ । रा ४१ प ८०१०, को ३१ प २५७२, रा ४ प २८४९, रा ४ प १२१६, रा ४ प ४१६१, रा २ प ४८४९ नम्बरका मोटरसाइकलमा आगजनी गरिएको छ । अर्को एउटा मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।
दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार गोरुकै विषयमा विवाद भएको र त्यसले ठूलो रुप लिएको हो । कानुन हातमा लिएर अराजक गतिविधि गर्नेहरुलाई कानुनी कारवाही गर्ने पाण्डेले बताएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया