काठमाडौं । पाथीभरा मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माणमा आएको समस्या र विवादलाई वार्ता र सम्बादको माध्यमबाट समाधान गर्न ‘नो केवलकार’ समूहले सरस्वता (सरु) सिंगकको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको छ ।
समिति सदस्यमा कुमार लिम्बू, सुर्य विक्रम चेम्जोङ, धनराज हुक्पा चोङबाङ (फेदापे), दिपक याक्खा, लबन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, आलोक माबोहाङ, अर्जुन जुम्नेली राई सदस्य छन् ।
आइतवार सुचना जारी गर्दै मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजको आन्दोलन गरिरहेको मुक्कुमलुङ तासेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले न्यायको आन्दोलनलाई निरन्तरता दिँदै वार्तामा बस्न तयार भएको जनाएको हो ।
अघिल्लो वार्तामा राखिएको ४ बुँदे सर्तलाई पुनः स्मरण गराउँदै वार्ताको सौहार्दपूर्ण वातावरण बनाउन मागसहित मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजको सवाल ताप्लेजुङ जिल्लाको मात्र सरोकारको विषय नभई मुक्कुमलुङलाई सांस्कृतिक तथा आध्यात्मिक आस्थाको स्थलको रुपमा मान्ने नेपाल सहित विश्वभरका मानिसहरूको सरोकारको विषय भएकोले सहजीकरणको लागि वार्ताटोली गठन गरिएको सुचनामा उल्लेख गरिएको छ ।
वार्ता टोलीमा मुक्कुमलुङ तासेःप चुम्भोका संस्थाहरू र राजेन्द्र महतो नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल सहित ११ अन्तदरलीय राजनीतिक पार्टीहरू पनि समावेश छन् ।

































प्रतिक्रिया