जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
स्थिति तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको बताए । उनका अनुसार अश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको थियो । ‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन् । चोकको विषयमा दुई पक्षबीच झडप भयो,’ उनले भने ।’
केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो । ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ । भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको थियो ।
आज विहानदेखि स्थानीयहरुले सवैला प्रहरी चौकी घेरेर नाराबाजी गरिरहेका छन् ।





























प्रतिक्रिया