संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक आज सोमबार बस्दैछ। बैठकमा न्यायपरिषद्ले पठाएका व्यक्तिहरुका बारेमा छलफल हुनेछ।

पुस १६ देखि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकास पाउँदैछन् । उनले अवकास पाउनुभन्दा १ महिनाअघि नै संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा उल्लेख छ।

न्यायपरिषद्ले केही दिन अघि भावी प्रधानन्यायाधीशका लागि २ जनाको नाम संवैधानिक परिषदमा पठाएको थियो । न्यायपरिषद् सचिवालयले दीपकराज जोशी र अर्का न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख पठाएको हो।सर्वोच्च अदालतको न्यायाधीशकोरूपमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने संविधानमा उल्लेख छ।

यी मध्ये जोशी ४ महिनाअघि नै प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए। त्यसपछि पनि उनी सर्वोच्चमा जागिर गर्न फर्केका थिए। जोशी संवैधानिक इतिहासमा संसदीय सुनुवाइबाट अस्वीकृत हुने पहिलो पदाधिकारी पनि हुन्।

त्यस्तै पहिलोपटक प्रधानान्यायधिसमा सिफारिस राणा पनि बिबादास्पद न्यायधिस हुन्।  राणा कांग्रेसको समर्थनमा सर्वोच्च प्रवेश गरेका व्यक्ति हुन्।  त्यतिबेला  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (न क पा)ले उनको विपक्षमा मतदान गरेका थिए।

जोशी पुनः प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना न्यून छ ।

Logo