काठमाडौं । नेपाल प्रहरीले आज नयाँ नेतृत्व पाउँदैछ । आईजीपी वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधिको कारण सोमबारदेखि अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त हुने भएका हुन् । कुँवरसहित ५ एआईजी र ३ डीआईजी पनि अवकाशमा जान लागेका हुन्। त्यसका लागि आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले आजै कुँवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको थियो ।
अब को बन्ला त ३१औं आईजीपी भन्ने विषय यतिबेला चासोका रुपमा लिइएको छ । यो दौडमा नयाँ महानिरीक्षकका लागि तीन एआईजी छन्। केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) प्रमुख दीपक थापा, प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङमध्ये एक मंगलबारदेखि प्रहरी प्रमुखको कुर्सीमा बस्नेछन्।
थापा, गिरी र तामाङ २०५२ भदौ १९ गते एकैदिन सेवामा प्रवेश गर्नुका साथै तीनै जना एकै ब्याचमा भर्ना भएका हुन् । तर थापा एआईजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका कारण एआईजीको वरियतामा उनी पहिलो नम्बरमा छन्।





























प्रतिक्रिया