महासंघकाे निर्वाचन अपडेटः वस्तुगत सदस्यमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानलबाट बराबर सदस्य विजयी

महासंघकाे निर्वाचन अपडेटः वस्तुगत सदस्यमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानलबाट बराबर सदस्य विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्याेग वाणिज्य महासंघकाे मतगणना जारी रहेकाे छ। अहिलेसम्म मतगणना भएकोमा वस्तुगततर्फकाे सदस्यकाे १०१ मत गणना हुँदा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ पक्षका बराबर (७/७ जना ) उमेद्वारहरुले महासंघको केन्द्रीय सदस्य जितेका छन् । वस्तुगत तर्फको २ मत बदर भएको छ।

अहिलेसम्म केही प्रदेशकाे मतपरिमाण आइसकेको छ। जस अनुसार उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेशबाट लालिमान बुढा र सुदुरपश्चिमबाट पुष्पराज कुमार विजयी भएका छन् । कर्णाली प्रदेशमा बुढाले ७ मत ल्याएर विजय भएका छन्। उनका निकटतम  प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मत मात्रै पाएका छन्। यसैगरी सुदुरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै ल्याए ।

त्यस्तै, यस अगाडि नै प्रदेश १ बाट राजेन्द्र राउत निर्विरोध भइसकेका छन् भने यता वागमती प्रदेशको मतगणना जारी रहेकाे छ।

Logo