सियोना बचाउन कतारमा जुट्यो १० लाख रुपैंयाँ

सियोना बचाउन कतारमा जुट्यो १० लाख रुपैंयाँ

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।

जन्मसँगै लिएर आउने वंशाणुगत दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १’ बाट ग्रसित नवलपरासीकी १४ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कतारबाट १० लाख रुपैंयाँ आर्थिक सहयोग पठाइएको छ । विरामी श्रेष्ठको अहिले पोल्याण्डमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जाल टिकटकमार्फत कतारका नेपाली माझ निकै फराकिलो परिचय बनाएर मन जित्न सफल दाङका योगेश श्रेष्ठको समन्वय र युवा अभियान्ता राजन चापागाईँ लगायतको टिमले केही हप्तादेखि कतारका विभिन्न भागमा पुगी संकलन गरेको १० लाख २५ हजार ६५८ रुपैयाँ पठाइएको हो । चापागाईँका अनुसार डीआरके समूहले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको नाममा ५ लाख ५ हजार ६५८ रुपैयाँ र इन्द्रेणीकै नवराज तिमिल्सिनाको नाममा ५ लाख २० हजार रुपैंयाँ पठाएको जानकारी दिएका छन् ।

इन्द्रेणीको व्यवस्थापनको लागि २० हजार र बाँकी रकम इन्द्रेणीको टिममार्फत श्रेष्ठको घर परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सियोनाको उपचारको लागि करिब २५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पेशाले श्रेष्ठकी आमा नर्स र बाबा वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर हुन् ।

Logo