राष्ट्रपतिको गाडी १८ करोडको हैन, १४ करोडको मात्र हो : अर्थमन्त्री खतिवडा

राष्ट्रपतिको गाडी १८ करोडको हैन, १४ करोडको मात्र हो : अर्थमन्त्री खतिवडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिइकनै उनले भने, “१८ करोडको गाडी किन्ने कुरामा कुनै सत्यता छैन ।” यसपछिको अनौपचारिक कुराकानीमा भने उनले सरकारले राष्ट्रपतिको लागि किन्न लागिएको गाडीहरूको मूल्य १४ करोड रूपैयाँ भएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले ८ प्रतिशत आर्थिकवृद्धिको लक्ष्य हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबाट गरी १४ खर्ब रूपैयाँ लगानी आवश्यक भएको बताए । स्वदेशी पुँजीबाट मात्र यो सम्भव नभएकाले विदेशी पुँजी पनि आवश्यक भएको उनको भनाइ छ । व्यापारघाटा तीब्र गतिमा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले विमान खरिद र जलविद्युत उपकरण खरिदमा ठूलो रकम बाहिरिँदा यस्तो अवस्था आएकोे जिकिर गरे । अप्रत्यक्ष रूपमा व्यापार घाटाको बचाउसमेत गर्दै उनले भने, “निर्यात घट्दै जाने र आयात बढ्दा सरकारको चालू खाता र शोधानान्तर स्थिति घाटामा छ, यसमा हामी गम्भीर छौं ।”
कारोबारबाट

Logo