काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले सामाजिक सञ्जालमा भाइरल बनेका जुम्लाका टोपी बेच्ने वृद्ध दम्पतीको निःशुल्क उपचारको जिम्मा लिएका छन्।
६९ वर्षीय जय बहादुर हमाल र उनकी ५२ वर्षीया श्रीमती धन लक्ष्मी हमाल विगत केही वर्षदेखि काठमाडौंका सडकमा आफ्नै हातले बुनेका टोपी बेच्दै जीविका चलाउँदै आएका थिए। स्वास्थ्यमा गम्भीर समस्या हुँदाहुँदै पनि पेट पाल्न उनीहरू निरन्तर श्रम गर्दै आइरहेका थिए। केही मिडियाकर्मीले वृद्ध जोडीको पीडादायी जीवनशैली सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि डा. शर्माले मानवीय पहल गर्दै दुवैजनाको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् ।
हाल दम्पतीलाई काठमाडौं ल्याएर केएमसीमा उपचार प्रक्रिया सुरु गरिएको छ।
सांसद डा. शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेजले देशका ग्रामीण तथा दुर्गम भेगका जनताहरूलाई लक्षित गरी निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म, स्वास्थ्य शिविरमार्फत लाखौं विपन्न नागरिकहरूले गुणस्तरीय सेवा प्राप्त गर्दै आएका छन्। शिविरमा सम्भव नभएका जटिल केसहरूलाई उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्दै आइरहेका छन् ।
सांसद डा. शर्मा प्रतिनिधि सभाका एक मात्र तलब भत्ता नलिने सांसद हुन्।





























प्रतिक्रिया