रचनाको ‘जुनी जुनी’मा स्मारिका र शिसनको रोमान्स [भिडियोसहित]

रचनाको ‘जुनी जुनी’मा स्मारिका र शिसनको रोमान्स [भिडियोसहित]

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । गायिका रचना रिमालको स्वर रहेको ‘जुनी जुनी’ बोलको फिमेल भर्सनको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दीपनराज शिवाकोटीको शब्द रहेको गीतमा सन्तोष सुनारले संगीत भरेका छन् ।भिडियोमा मोडलद्धय स्मारिका ढकाल र शिसन सिङ बलको बेजोड अभिनय देख्न सकिन्छ । पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय स्मारिका र शिसनले वैँशालु उमेरमा भोगेको प्रेम वियोग र ब्रेकअपछि भोग्नु परेको एक्लोपनालाई भिडियो निर्देशक दिनेश बस्नेतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

निर्देशक बस्नेत पछिल्लो पुस्तामा रुचाइएका निर्देशक हुन् । भिडियो रिलिज भएसँगै उनी भन्छन्, ‘जुनी जुनीको फिमेल भर्सनमा निकै नै मेहेनत गरेका छौँ । आशा छ हाम्रा अरु सिर्जना जस्तै यसलाई पनि दर्शकले माया र साथ दिनुहुनेछ ।’

नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा विकाश थापाको छायांकन रहेको छ । विकास दाहालको सम्पादन रहेको जुनी जुनी सन्तोष सुनार अफिसयलबाट बजारमा आएको हो । भिडियो रिलिज गरिए लगत्तै गायिका रचना रिमालले गीत राम्रो बनेको भन्दै सबैको मायाको खाँचो रहेको बताइन् । भिडियो हेरेका दशकहरूले पनि गीत निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

Skip This
Skip This
Logo