काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
बुधबार एक विशेष कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् । दिगो स्थिरताको लागि पर्यावरणीय सुरक्षाको उदेश्यका साथ यो वर्षको क्यालेन्डर डिजाइन गरिएको बताइएको छ ।
कम्पनीले देशैभरबाट १३९ शाखा तथा उपशाखा मार्फत बीमा सेवा प्रवाह गर्दै आएको छ । नवीनतम बीमा योजना र प्रविधको बिकास गरी जीवन बीमा सेवा प्रवाहलाई छिटो र सर्वसुलभ बनाउन कम्पनी प्रतिबद्ध रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिए ।





























प्रतिक्रिया