प्राधिकरणले आम नागरिकको घरमा लोडसेडिङ हुन दिँदैन -प्रवक्ता घोष

प्राधिकरणले आम नागरिकको घरमा लोडसेडिङ हुन दिँदैन -प्रवक्ता घोष

केन्द्रबिन्दु
222
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले प्राधिकरणले आम नागरिकको घरमा लोडसेडिङ हुन नदिने बताएका छन् ।

केन्द्रबिन्दुसँग कुराकानी गर्दै प्रवक्ता घोषले आम नागरिकको घरमा लोडसेडिङ हुन नदिन प्राधिकरणले सहज बिजुली आपूर्तिको व्यवस्था मिलाई रहेको जानकारी दिएका हुन् ।

‘जनताको घरमा बिजुली बाल्नु प्राधिकरणको पहिलो प्राथमिकता हो, बाहिर हल्ला जे फैलिए पनि प्राधिकरणले जनताको घरमा कहिले पनि लोडसेडिङ हुन दिँदैन,’ उनले भने । नागरिकको घरमा गत वर्ष (२०८०) मा पनि लोडसेडिङ हुन्छ भनेर खबर फैलाइएको थियो ।

यद्यपि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हुन दिएको थिएन । प्राधिकरणका निर्देशक कुलमान घिसिङ सहितको टोलि नेपालमा लोडसेडिङ हुन नदिने योजनासहित लागि रहेको बताइएको छ ।

‘गत वर्ष पनि नेपालमा लोडसेडिङ हुन्छ भनेर अनेकौं विषय भनिएकै हो, तर बत्ती बल्यो, लोडसेडिङको सिर्जना प्राधिकरणले दिँदैन, लोडसेडिङ हुन्छ भनेर प्राथमिकीकरण दिन आवश्यक देखिँदैन,’ उनले भने । विद्युतको बक्यौता नतिर्ने उद्योगमा बिजुली केही घण्टा काटिने घोषले जानकारी दिए ।

‘सुख्खा सिजनमा बिजुली उत्पादन घट्छ, त्यो हामीलाई थाहा भएको कुरा हो, यसलाई ठूलो विषय बनाउन आवश्यक देखिँदैन । अहिले बक्यौता बुझाउने उद्योगलाई प्राथमिकता र नबुझाउनेलाई कम प्राथमिकता दिएर उद्योगमा बिजुली दिइरहेका छौं,’ उनले भने ।

उद्योगमा बिजुलीको व्यवस्था भइरहेको र प्राधिकरणले प्राथमिकीकरणको आधारमा उद्योगमा बिजुली पुर्याइरहेको प्रवक्ता घोषले जानकारी दिए । बिजुली अपुग भएपछि लाइन उद्योगमा काटिने उनकाे भनाइ छ । ‘प्राधिकरणले गरेको काम ठिक छ वा छैन, त्यो आफै मनन् गर्नुहोस्, लोडसेडिङ ब्युँताउनमा हैन, हुनै नदिनमा लाग्नुपर्छ,’ उनले भने ।

Skip This
Skip This
Logo