नेपालगञ्जमा टाटाको नयाँ ईभीहरु सार्वजनिक

नेपालगञ्जमा टाटाको नयाँ ईभीहरु सार्वजनिक

केन्द्रबिन्दु
30
Shares

नेपालगञ्ज । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी नेपालगञ्जमा लन्च गरेको छ ।

नेपालगञ्जस्थित रुद्रप्रिया इन्टरनेस्नल शोरुमबाट बहुप्रतिक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा टियागो ईभी २०२५ लन्च भएका छन् । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानका साथ नेपालगञ्ज उप-महानगरपालिका मेयर प्रशान्त बिस्टको प्रमुख आतिथिय रहेको थियो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, “आज टाटा ईभीको नयाँ मोडलहरु नेपालगञ्जमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । कर्भ.इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपालको बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा हामी दुक्क छौं । नेक्सन के३ ईभी अझै ठुलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ। टियागो ईभी २०२५ मोडेल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुनेछ ।”

त्यस्तै, रुद्रप्रिया इन्टरनेस्नलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए ।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन आग्रह गरे । उक्त कार्यक्रममा नयाँ ग्राहकहरुलाई गाडीको साँचो पनि हस्तान्तरण भएको थियो ।

नेपालगञ्जका ग्राहकहरुले रुद्रप्रिया इन्टरनेस्नलको शोरुममा गएर लन्च भएका गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा टियागो ईभीको टेस्ट ड्राइभ गर्न सक्नेसमेत सिप्रदीले जनाएको छ ।

Skip This
Skip This
Logo