स्पारो एसएमएस १५औं वर्षमा प्रवेश, नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

स्पारो एसएमएस १५औं वर्षमा प्रवेश, नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । स्पारो एसएमएस १५औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै स्पारो एसएमएसले आफूलाई अब्बल र भरपर्दो एसएमएस सेवा प्रदायकको रुपमा स्थापना गरेको हाे ।

आफ्नो विकसित र उच्च प्रविधिको स्पारो एसएमएस सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न सफल स्पारो एसएमएसको सुरुवात भने चुनौतीपूर्व रहेको थियो ।

देशमा १८ घण्टासम्म लोडसेडिङ, उच्च गुणस्तरीय पूर्वाधारको अभावको बाबजुद त्यसै अभावलाई अवसरमा परिणत गर्न स्पारो एसएमएसले लोडसेडिङको तालिका एसएमएस मार्फत नै जानकारी पाउने सेवा सुचारु गरेको हो । यो सेवा निकै लोकप्रिय र उपयोगी साबित भयो।

त्यसै समय आफ्नो एसएलसी(अहिले एसइइ)को नतिजा हेर्न देशको राजधानी काठमाडौंमा घन्टौं पत्रपत्रिका कुर्नुपर्ने तथा दूरदराजमा आफ्नो नतिजा दुई देखि तीन दिन पछि मात्र थाहा पाउने समस्याको समयमा स्पारो एसएमएसमार्फत आफ्नो नतिजा एक एसएमएसमा नै हेर्ने सेवा सुचारु भयो ।

यो सेवाले एसइइ दिने विद्यार्थी तथा अभिभावकमा स्पारो एसएमएस एक विश्वसनीय नाम साबित रह्यो । यो सेवा अहिले पनि एसइई दिने विद्यार्थी तथा अभिभावक माझ एकदमै लोकप्रिय छ ।

Logo