राष्ट्रपति आज पोल्याण्ड जाँदै

राष्ट्रपति आज पोल्याण्ड जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने भ्रमणको लागि आज पोल्याण्ड जाँदै हुनुहुन्छ । पोल्याण्डको कातोविचमा भोलि देखि हुने जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम कोप २४ मा सहभागी हुन उहाँ आज त्यसतर्फ जान लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी दिउँसो १२ बजे त्यसतर्फ जाने कार्यक्रम छ । पोल्याण्डमा रहँदा उहाँले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारी आउँदो बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

Logo