आज विहानदेखि नै महासंघको नयाँ नेतृत्वको लागि तीन स्थानमा मतदान भएको थियो । "/>

यस्तो रहयो उद्योग बाणिज्य महासंघमा दिनभरिको चुनावी रौनक (फोटोफिचर)

यस्तो रहयो उद्योग बाणिज्य महासंघमा दिनभरिको चुनावी रौनक (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ बाट शुरु भएको थियो ।

आज विहानदेखि नै महासंघको नयाँ नेतृत्वको लागि तीन स्थानमा मतदान भएको थियो । तीन वटै मतदान स्थानमा महासंघमा आबद्ध उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । नयाँ नेतृत्व चयनका लागि उमेद्वारहरुलाई मतदान गर्न देशभरका ७७ जिल्लाका जिल्ला अध्यक्ष, केन्द्रीय प्रतिनिधि, उमेद्वार तथा उद्योगी व्यवसायीमा चुनावी रौनक रहेको थियो ।

जिल्ला नगर उद्योग वाणिज्य समुहको प्रज्ञा प्रतिष्ठानमा, वस्तुगतको टेकू स्थित महासंघको भवन तथा एशोसिएटतर्फको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा मतदान भएको थियो ।

महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले शेखर गोल्छा अध्यक्ष भइसकेका छन् भने यता बरिष्ठ उपाध्यक्ष पदका लागि मतदानमा किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानलको चर्को प्रतिष्पर्धा रहेको छ । उनीहरुले तीनवटै मतदानस्थल पुगेर आफ्ना समर्थकसहित मत मागिरहेका थिए । अहिले बरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचन बरिष्ठ उपाध्यक्षको निर्वाचन प्रतिष्ठाको विषय बनेको छ ।

आगामी अध्यक्ष शेखर गोल्छा, वर्तमान अध्यक्ष भवानी राणाले किशोर प्रधानलाई साथ दिएका छन् । यता चन्द्रप्रसाद ढकाल पक्षलाई जिल्ला नगर र एशोसिएटबाट बलियो साथ रहेको छ ।

निर्वाचनमा २ टीममा बाँडिएर देशभरका १२७ उद्योगी व्यवसायीले उमेद्वारी दिएका छन् । १ हजार १ सय १६ जना मतदाता रहेका छन् । ढकालको प्यानलमा गुणनीधि तिवारीले जिल्ला नगर, उमेशलाल श्रेष्ठले वस्तुगत र रामचन्द्र संघाईले एशोसिएट उपाध्यक्षतर्फ उमेद्वारी दिएका छन् । अर्का प्रतिस्पर्धी प्रधानको प्यानलमा दिनेश श्रेष्ठ जिल्ला नगर, अन्जान श्रेष्ठले वस्तुगत र सौरभ ज्योतिले एसोसिएटतर्फको उपाध्यक्षमा उमेद्वारी दिएका छन् ।

अहिले ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । महासंघको निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको महासंघ सचिवालयले जनाएको छ । महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भएको हो ।

मतदानमा जिल्ला नगरतर्फ शतप्रतिशत मत खसेको छ । महासंघमा देशभरका १०५ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ । त्यस्तै, वस्तुगततर्फ पनि कुल मत १०१ मध्ये १०० मत खसेको छ भने एसोसिएटतर्फ ९०४ मतमा सबै मत खसेको छ । मतदान सकिएर मतगणना हुँदैछ ।

Skip This
Skip This
Logo