योगदानका आधारित सामाजिक सुरक्षा योजनाको प्रचारप्रसार गर्नका लागि सरकारले पोल, पुलदेखि पत्रिकाहरु समेत रंगायो।   अनावश्यक प्रचारवाजी गरिएको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयले स्पष्टिकरण दिए। "/>

प्रहरीले नै च्यात्यो निर्मलाको पोष्टर, टाँस्नेहरु पक्राउ

प्रहरीले नै च्यात्यो निर्मलाको पोष्टर, टाँस्नेहरु पक्राउ

केन्द्रबिन्दु
0
Shares

योगदानका आधारित सामाजिक सुरक्षा योजनाको प्रचारप्रसार गर्नका लागि सरकारले पोल, पुलदेखि पत्रिकाहरु समेत रंगायो।  अनावश्यक प्रचारवाजी गरिएको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयले स्पष्टिकरण दिए।  सामाजिक सुरक्षा योजना शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले ‘सरकार छैन भन्नेहरुलाई देखाउनका लागि प्रचारवाजी गरेको’ जवाफ दिए।

कार्यक्रमको भोलिपल्टै राजधानीको पोलहरुमा उस्तै प्रकारले पोष्टर टाँसिएको पाइयो।  कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै उक्त पोष्टरहरु टाँसिएको थियो। पोष्टरमा ‘सरकार भेटियो तर न्याय भेटिएन’ भन्ने आशय व्यक्त गरिएको थियो। सरकारकै शैलीमा रातारात टासिएको यो पोष्टरहरुले पनि राम्रै प्रचार पायो।

तर आज माइतीघरमा अचम्मको दृश्य देखियो। निर्मलालाई न्याय दिलाउन माग गर्दै टासिएको फोटोहरु प्रहरीले नै च्याटिरहेका थिए भने फोटो टाँस्न खोज्नेहरुसंग हारालुछ  गरिरहेका थिए।  अन्तत: निर्मलालाई न्याय खोज्दै पोष्टर टास्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गर्यो। उनीहरुलाई अहिले सिंहरदबार प्रहरी वृत्तमा राखिएको छ।

निर्मलालाई न्याय माग्दै प्रकाशित पोष्टरमा कुनै पनि नकारात्मक कुरा समाबेश थिएन। न्याय दिलाउनु पर्ने प्रहरीले नै न्यायको अपिल गरिएको पोष्टर च्याटेपछि यतिबेला सामाजिक संजालमा प्रहरीको चर्को आलोचना हुन् थालेको छ।  निर्मला काण्डमा प्रहरीतर्फ नै औलो सोझिरहेका बखत प्रहरीको यस्तो हर्कतले संगठन नै थप बदनामी बनेको छ।

निर्मलाको न्यायका लागि  झन्डै ४ महिनादेखि आन्दोलनरत पक्षलाई प्रहरीको यो हर्कतले थप बल पुगेको देखिन्छ। साउन १० गते साथीको घर गएकी निर्मलाको मृत अबस्थामा फेला परेकी थिइन्।  निर्मलाको हत्यारा सार्वजनिक गर्न सडकदेखि संसदसम्म चर्को आवाज उठिरहेको छ ।

Logo