काठमाडौं । पोर्चुगल युरोपेली नेसन्स लिगमा डेनमार्कसँग पराजित भएको छ । गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा डेनमार्कले घरेलु मैदानको फायदा उठाउँदै पोर्चुगलमाथि १-० को जित दर्ता गरेको हो ।
डेनमार्कको जितमा रसमस होजलुन्डले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । दुवै टोलीले खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा मात्र गोल सम्भव भएको थियो । होजलुन्डले ७८औं मिनेटमा गरेको गोल नै डेनमार्कका लागि जितमा पर्याप्त भयो ।
क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा मैदानमा उत्रिएको पोर्चुगलले अवसर पाएको थियो तर गोलमा सदुपयोग भने गर्न सकेन ।





























प्रतिक्रिया